धनकुटामा निषेधाज्ञा हट्यो

 भदौ २३, २०७७ मंगलबार ९:१३:४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटामा निषेधाज्ञा हटेको छ । जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले सीमामा कडाइ गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 

पटक-पटक थपिएको निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्न थालेको छ । बैठकले कोरोना भाइरसको सङ्क्रमण अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएकाबाहेक व्यापार, व्यवसायलाई सुरु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनुभयो ।

 प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने गाडी तथा सर्वसाधारणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्ड अनुसार खोल्ने निर्णय भएको भएको पनि सहायक प्रजिअ श्रेष्ठले बताउनुभयो । धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा साउन २८ गते सङ्क्रमण देखिएपछि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ वटा वडामा निषेधाज्ञा जारी गरेको थियो । 

त्यस्तै गएको भदौ ३ गते शहीद भूमि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि प्रशासनले भदौ ४ गतेबाट ११ गतेसम्म धनकुटा जिल्लाभरि निषेधाज्ञा थप गरेको थियो । कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेकाहरुको पीसीआर परीक्षण गर्ने काम भइरहेकाले समुदायस्तरमा नफैलिओस् भनेर प्रशासनले पुनः भदौ १७ गतेसम्म निषेधाज्ञा थपेको थियो । 

निषेधाज्ञाको बीचमा भदौ १३ गते धनकुटामा एकै पटक १९ जनामा कोरोना सङ्क्रमण देखिएको तथा त्यसै दिन धनकुटा आएका प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समेत धनकुटाबाट विराटनगर फर्केलगत्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएर भदौ २२ गतेसम्म लम्ब्याएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया