स्वास्थ्य बीमामा आकर्षण बढ्दो, १० हजारले गरे स्वास्थ्य बीमा

 साउन २४, २०७५ बिहिबार १०:५४:२८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – गएको असोजदेखि रोल्पामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १० हजार भन्दा बढी लाभान्वित भएका छन् ।

जिल्लाको ३ वटा स्वास्थ्य संस्था जिल्ला अस्पताल रेउघा, प्राथमिक स्वास्थ्य केन्द्र होलेरी र सुलिचौरबाट मात्र नभइ जिल्लाबाहिर जानु परेमा पनि रिफरल सेन्टरहरुबाट सेवा पाउने भएपछि स्वास्थ्य विमा गरेका गरिब तथा विपन्न परिवारहरु थप उत्साहित बनेका छन् । स्वास्थ्य बीमा गरेपछि एकै चोटि ठूलो आर्थिक भार नपर्ने भएकाले सेवाग्राहीहरु सन्तुष्ट रहेको स्वास्थ्य बीमा बोर्ड रोल्पाका जिल्ला संयोजक गोविन्द क्षेत्रीले बताउनुभयो ।

स्वास्थ्य बीमा गरिसकेपछि अस्पतालबाट पाइने सेवा र औषधि खर्च मात्र नभई एम्बुलेन्स सेवामासमेत सहुलियत दिने व्यवस्था भएमा थप प्रभावकारी हुने सेवाग्राहीहरुको भनाइ छ ।

स्वास्थ्य बीमाका लागि पाँच जनाको परिवारले वार्षिक २५ सय तिर्नुपर्ने हुन्छ । त्यो रकम तिरेबापत ५० हजारसम्मको निशुल्क स्वास्थ्य उपचार सेवा पाइन्छ । पाँच जना भन्दा बढीको परिवारले प्रति सदस्य रु. ४२५ का दरले थप प्रिमियम तिनुपर्ने हुन्छ ।

स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच पुर्या‍उने उद्धेश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट विशेषगरी दीर्घ रोगका कारण समस्या भोग्दै आएका विपन्न नागरिकहरु लाभान्वित बनेका छन् । यो सेवालाई दूर्गमका ठूला निजी अस्पतालहरुसँग सञ्चालन गर्नुपर्ने सेवा ग्राहीको माग छ ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया