गाउँपालिका उपाध्यक्षको राजीनामा माग्दै जनप्रतिनिधि धर्नामा

 साउन २४, २०७५ बिहिबार १३:४४:३७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पैँयु गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङको राजीनामा माग गर्दै स्थानीय जनप्रतिनिधिहरु धर्नामा बसेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित वडा अध्यक्ष महेन्द्र श्रेष्ठको पद षड्यन्त्रपूर्वक  रिक्त गराउने योजना बनाएको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरेर जनप्रतिनिधिहरु बुधबारदेखि धर्नामा बसेका हुन ।

पैँयु गाउँपालिका वडा नं ३ का अध्यक्ष बिष्णु काफ्ले, ४ का अध्यक्ष महेन्द्र श्रेष्ठ र ५ का अध्यक्ष उमाकान्त भुर्तेल धर्नामा बसेका छन् । धर्नालाई सामाजिक परिचालक र स्थानीय समाजसेवीहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।  बुधबारबाटै अनिश्चितकालीन अनसन बस्ने घोषणा गरेका जनप्रतिनिधिहरुले दोश्रो दिन सम्म धर्ना कार्यक्रमलाई जारी राखेका छन् । राजीनामा नआए अनिश्चितकालसम्म अनसन बस्ने उनीहरुले चेतावनी दिएका छन् ।  उपाध्यक्षले राजीनामा  गर्ने भन्दा पनि बिषयलाई लम्ब्याउन खोजेको र माफी मागेर मात्रै समाधान खोज्न थालेकाले धर्नालाई निरन्तरता दिइएको वडा अध्यक्ष महेन्द्र श्रेष्ठले बताए  । 

वडाध्यक्ष श्रेष्ठ जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवाहकको जिम्मा दिएर पारिवारिक काममा जापान जानुभएको थियो । गाउँपालिकालाई समेत जानकारी दिएर छोटो समयका लागि विदेश जाँदा गाउँपालिकाका कार्यवाहक अध्यक्ष जसमती गुरुङले ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’  व्यहोरासहित सात दिने स्पष्टीकरण सोधेपछि विवाद भएको हो । कार्यवाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयं उपस्थित भएर  स्पष्टीकरण दिने पत्र पठाउनुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया