संसारकै अग्लो भवन बुर्ज खालिफामा दोस्रो पटक नेपाली झण्डा फहराउँदै

 असोज ३, २०७७ शनिबार ११:३७:५१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संसारकै अग्लो भवन बुर्ज खालिफामा आज नेपाली झण्डा फहराउने भएको छ ।

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा यूएईको स्थानीय समयअनुसार आज शनिबार साँझ ८ बजे (९ बजेर ४५ मिनेट नेपाली समय) संयुक्त अरब इमिरेट्सको दुबईमा रहेकाे संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराउन लागेको नेपाली दूतावास आवुधाबीले जनाएको छ ।

लामो समयको प्रयास र मेहनतपछि यूएई सरकारले गएकाे वर्ष जस्तै यस पटक पनि बुर्ज खालिफामा नि:शुल्क नेपाली झण्डा फहराउन लागेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो ।

दुईवर्ष पहिले राजदूतको रुपमा ढकाल यूएई आए लगत्तै नेपाली पत्रकार सँगकाे पहिलो भेटघाट तथा छलफलको क्रममा झण्डा फहराउन आफूले सकेको प्रयास गर्ने बताउनु भएको थियो । 

संसारको अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान बढ्ने र नेपाल पर्यटन वर्षलाई समेत सहयोग पुग्ने बुझाई धेरैको छ ।

त्यस्तै आवुधाबीमा नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा समेत नेपाली झण्डा फहराउने भएको छ । गएको वर्ष पनि यस भवनको ७५ औ तल्लामा साँझ सात बजेबाट बिहान १ बजेसम्म झण्डा फहराइएको थियो । यस पटक पनि यस भवनमा नेपाली झण्डा फहराइने नेपाली दूतावासले जनाएको छ ।  

संसारकै अग्लो भवन बुर्ज खालिफा र आबुधावी नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्थ्याे ।

याे वर्ष पनि नेपालको झण्डा फहराउने कुराले यूएईमा कार्यरत धेरै नेपाली खुसी छन् । संविधान दिवसको अवसर पारेर यूएईमा हरेक वर्ष विशेष कार्यक्रम गरिँदै आएको भए पनि कोरोनाका कारण यस पटक औपचारिक कार्यक्रम नगरिने दूतावासको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया