पाल्पा : रिपोर्ट नआएपछि तानसेन नगरपालिकाकाे सेवा ठप्प, फोहोर नउठेपछि थप सास्ती

 असोज ४, २०७७ आइतबार ९:३४:४ | देव पचभैया
unn.prixa.net

पाल्पा - कोरोना परीक्षणका लागि स्वाब पठाएको हप्ता दिनसम्म रिपोर्ट नआएपछि पाल्पाको  तानसेन नगरपालिकाको सम्पूर्ण काम बन्द भएको छ ।

जनप्रतिनिधि र कर्मचारी स्वाब दिएर होम क्वरेण्टीनमा बसेका छन् । जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नआउँदा समस्या भएको हो । एक जना वडा अध्यक्ष र अरु वडा सदस्यसहित ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि तानसेन नगरपालिकाले नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालयहरु बन्द गरेको हो ।

गएको बिहीबार कार्यपालिकाको बैठकमा सहभागी एक वडाध्यक्ष र कार्यपालिका सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगर प्रमुख, उपप्रमुख, कर्मचारीहरु, १४ वडाका वडाध्यक्षहरु र त्यहाँ कार्यरत कर्मचारीहरु स्वाबको नमूना दिएर होम क्वरेण्टीनमा रहेका छन् । 

फोहोर नउठेपछि थप समस्या 

नगरपालिका बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । बजार क्षेत्रको फोहोर नउठेको हप्तौं भइसकेको छ । पालिकाका २० जना सरसफाइकर्मीको समेत स्वाब लिएर होम क्वरेण्टीनमा राखिएको छ । स्वाबको नमुना बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको भए पनि परीक्षणमा ढिला हुँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भैरहवामा धेरै नमुना स्वाब थुपरिएकाले तानसेनको नमुना स्वाब भैरहवाबाट शुक्रबार फेरि काठमाण्डौ लगिएको छ । रिपोर्ट आउन अझै केही दिन लाग्ने स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । तानसेन नगरपालिकाले गएको शुक्रबार २ सय ९ जना, आइतबार १ सय ४७ जना र मंगलबार ८६ जना गरी ४ सय ४२ जनाको नमुना स्वाब भैरहवा पठाएको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया