जाहेरी दिएकाे १६ महिनापछि नागरिकता र पासपाेर्ट किर्ते गर्ने दुई जना पक्राउ

 असोज २२, २०७७ बिहिबार १४:३८:४४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – नागरिकता र राहदानी (पासपाेर्ट) किर्ते गरेको आरोपमा धनकुटामा दुई जना पक्राउ परेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३० वर्षीय भीमराज लिम्बू र ३६ वर्षीय हडिन रोगु (लिम्बू) पक्राउ परेका हुन् ।

फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द अधिकारीले बताउनुभयो । भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकालेकाे उहाँले बताउनुभयो । भीमको विवरणमा हडिनको फोटो टाँसेर निकालिएको नागरिकताको प्रतिलिपिबाट हडिनले राहदानीसमेत लिएका छन् । त्यसपछि भीमले पनि फेरि आफ्नो नागरिकता हराएको भनी तेस्रो प्रतिलिपि लिएकाे प्रहरीले जनाएको छ । 

हडिनले नागरिकताको प्रतिलिपि र राहदानी निकालेकाे र भीमले पनि नागरिकता प्रतिलिपि लिइसकेपछि अनुसन्धान गर्ने क्रममा उनीहरुको किर्ते गरेको खुलेको एसपी अधिकारीले बताउनुभयो ।

विदेश जान, लोकसेवा परीक्षा दिने लगायतका काममा उमेर कम आवश्यक पर्ने भएकोले त्यही प्रयोजनमा दुरुपयोग गर्न नागरिकता किर्ते गरेको दखिएको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।

नागरिकता र राहदानी किर्ते गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले २०७६ को जेठ २७ गते जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएको थियो । जाहेरी परेको १६ महिनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया