काठमाण्डाै महानगरमा कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाब सङ्कलन तीव्र

 असोज २८, २०७७ बुधबार २०:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाण्डाै महानगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाब सङ्कलनमा तीव्रता दिएको छ । 
महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा सङ्क्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाब सङ्कलन गरिरहेको हो । 

सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने ठाँउमा स्वाब सङ्कलन गरिरहेका छन् । एक ठाँउमा दुई सय जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब सङ्कलन भइरहेको वडा नम्बर १७ का वडा सचिव राजेश श्रेष्ठले बताउनुभयो । परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिरहेको उहाँले बताउनुभयो ।

सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिस्टेन्ट तथा स्वाब कलेक्शन टिमका संयोजक ऋषि भुसालले महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाब सङ्कलनको काम गरिहेको बताउनुभयो । सरकारी प्रोटोकलअनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भए पनि कतिपय व्यक्तिहरुले दोहोर्‍याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो ।

अहिले देशभरि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । काठमाण्डाैलगायतका उपत्यकाका तीन वटै जिल्लामा सङ्क्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ । सरकारले कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न अनुरोध गरिहेको छ । भिडभाड भएको ठाउँमा नगए, भौतिक दुरी कायम गरे, अनिवार्य रुपमा मास्क लगाएमा र विना काम घरबाहिर ननिस्केमा सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया