राजमार्गमा चल्ने गाडीका चालक र सह-चालकको  स्वास्थ्य परीक्षण

 कात्तिक २९, २०७७ शनिबार ११:३२:३६ | रासस
unn.prixa.net

काठमाण्डाै - राजमार्गमा चल्ने गाडीका चालक तथा सह-चालकको  प्राथमिक स्वास्थ्य परीक्षण गरिएको  छ ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिङले इलाका प्रहरी कार्यालय मुग्लिङ र मुग्लिङ हाइवे हस्पिटलको सहकार्यमा  शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका- ५  मा रहेकाे मुग्लिङ बजारमा  प्राथमिक स्वास्थ्य परीक्षण गरिएकोे हो ।

मुग्लिङ बजारमा रहेको ट्राफिक प्रहरी पोष्टको प्राङ्गणमा गरिएको स्वास्थ्य जाँच कार्यक्रममा ५५ वटा साना तथा ठूला गाडीका चालक तथा सह-चालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो ।

गाडी चालक तथा सह-चालकको स्वास्थ्य अवस्था सामान्य नहुँदा दुर्घटनाको जोखिम हुने भएकोले यस्तो किसिमको कार्यक्रम मुग्लिङमा आयोजना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'दुर्घटना न्यूनीकरणका लागि गाडी चालक  स्वस्थ हुन पनि आवश्यक हुन्छ । विशेष गरी चालक तनावमा हुनुहुँदैन ।  उनीहरुको स्वास्थ्य जाँच गरेका  हौँ ।'

प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रममा चालक तथा सह-चालकको मानसिक अवस्था ठिक रहेको वा नरहेको, तनावमा रहेको वा नरहेको तथा उनीहरुको आँखाको दृष्टि अवस्था, ज्वरो, रक्तचाप, मधुमेहलगायत अन्य शारीरिक अवस्था ठिक भए–नभएको जाँच गरिएको प्रहरी सहायक निरीक्षक बसौलाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया