टाटा एच फाइभ गाडी बुकिङमा अफर , साढे ३ लाखसम्म नगद छुट

 मंसिर १७, २०७७ बुधबार २०:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा एच फाइभ गाडीका लागि 'वन डे वन्डर' कार्यक्रम गर्ने भएको छ । कम्पनीले मङ्सिर २१ गते टाटा मोटर्सको थापाथली शो रुममा कार्यक्रम गर्ने भएको हो ।

यस कार्यक्रम अन्तर्गत एच फाइभ गाडी बुकिङ तथा प्रि–बुकिङ गर्ने ग्राहकलाई नगद छुटसहित आकर्षक बोनस र उपहार दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार साढे तीन लाखसम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन ११, डेढ लाख रुपैयाँसम्मको एक्सचेन्ज लोयल्टी बोनस र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिइनेछ ।

यस्तै योजनाअनुसार अर्ली बर्ड रजिस्ट्रेशनअन्तर्गत मङ्सिर १९ गतेसम्म गएर अनलाइनमार्फत प्रि–बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैयाँ नगद छुट र २५ हजारसम्मको थप एक्सचेन्ज लोयल्टी पाउने कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया