गरिब देशहरुले पनि छिट्टै खोप पाउँछन् : डब्ल्यूएचओ

 पुस ४, २०७७ शनिबार ११:११:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओकाे दाबी छ । सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने संगठनले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

महामारीका बेला पनि गरिब देशलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेभ्रिएससले बताउनुभयो । डब्ल्यूएचओ र साझेदार संस्थाहरुले कोभ्याक्सलगायतका खोप छिट्टै उपलब्ध हुनसक्ने बताएका हुन् ।

उनीहरुले सबैलाई पुग्नेगरी खोप बनाउने तयारी भइरहेको पनि जानकारी दिएका छन् । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया