भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

 पुस १२, २०७७ आइतबार ६:२६:१२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – मोरङको रंगेली ८ दर्बैसाबाट दुई जना भारतीय नागरिक नक्कली नोटसहित पक्राउ परेका छन् ।

१७ हजार ७ सय रुपिया बराबरकाे भारतीय नक्कली नोटसहित शनिबार उनीहरु पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० वर्षीय कुन्दन मण्डल र १८ वर्षीय शिवरञ्जन सिंह रहेका छन् ।

बीआर ३८ एन ०२५१ नम्बरको मोटरसाइकलमा  आएका मण्डल र सिंहलाई  इलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले  भारतीय नक्कली नोट दुई सय दरको १७ थान र एक सय दरको एक सय ४३ थान फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया