'लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन केही समय लाग्छ'

 पुस १९, २०७७ आइतबार २०:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।

कोरोना महामारीका कारण भएको लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।

विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्ने व्यवस्था मिलाएको छ । विभागका अनुसार धेरैले अरू दिन पनि फर्म भर्ने प्रयास गरेकाले समस्या देखिएको र भर्न मिल्ने दिनमा पनि एकैपटक धेरै जनाले फाराम भर्ने भएकाले सिस्टममा समस्या देखिएको हो ।

यस्तै विभागले यातायात कार्यालयमा भिड नहोस् भनेर एउटा यातायात कार्यालयबाट हप्तामा एक सय वटा मोटरसाइकल र ५० वटा गाडीको कोटा तोकेको छ । अहिले १९ वटा कार्यालयबाट दैनिक पाँच हजार जनाले अनलाइन आवेदन भर्न मिल्ने विभागले जनाएको छ । 

तर दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा कतिपय सेवाग्राहीले आवेदन दिन भने नसकिएको गुनासो गरेका छन् ।

अहिले सेवाग्राहीको धेरै चाप रहेको र यो चाप बिस्तारै घट्दै गएपछि अबको एक महिनामा सजिलै आवेदन दिन सकिने विभागले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया