टोखामा दम्पती मृत भेटिए

 पुस २५, २०७७ शनिबार ११:२०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको टोखामा एक दम्पतीको शव भेटिएको छ । 

सुर्खेत घर भइ टोखाको एक हाउजिङमा बस्दै आएका उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरीको शव भेटिएको प्रहरीले जनाएको छ ।

कोठाभित्रै श्रीमान् लडिरहेको अवस्थामा र श्रीमती झुण्डिएको अवस्थामा मृत भेटिएका महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) प्रमेश विष्टले जानकारी दिनुभयो । उनीहरु दुवै जना इन्जिनियर भएको बताइएको छ। 

उमेश केही हप्ता अगाडिमात्रै अमेरिकाबाट फर्किएका थिए । भित्रबाट बन्द गरिएको कोठामा शव भेटिएकोले सुदीक्षाले श्रीमानकाे हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

उमेशको शव नजिकै रगत लागेको सिलौटो फेला परेको र कानबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया