मृगलाई ताकेको बन्दुककाे गाेली लागेर एक जना घाइते

 माघ ६, २०७७ मंगलबार १९:५६:१४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – मृगलाई ताकेको बन्दुकको गोली लागेर रोल्पामा एक महिला गम्भीर घाइते भएकी छिन् ।

रोल्पा नगरपालिका–९ फाल्जाका ३७ वर्षीय हस्तबहादुर पुनले चलाएको बन्दुकको गोली लागेर त्यही ठाउँकी ४५ वर्षीया बरु पुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सोमबार साँझ ५ बजेतिर बाख्रा चराएर घरतिर फर्कँदै गर्दा हस्तबहादुरले चलाएको गोली टाउकोमा लाग्दा गम्भीर घाइते भएकी महिलाकाे रोल्पा अस्पताल रेउघामा उपचार हुन नसक्दा मङ्गलवार बिहान भैरहवा मेडिकल कलेज रिफर गरिएको रोल्पाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले जानकारी दिनुभयो ।

गोली टाउकोमा लागेकाले ती महिलाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्ति पक्राउ परिसकेको र उनीमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजनासम्बन्धी दुई वटा मुद्दा लाग्ने सुवेदीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया