प्रदेश १ को बैठक सुरु हुनासाथ स्थगित

 माघ ७, २०७७ बुधबार १४:४५:८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश नम्बर १ को प्रदेश सभा बैठक सुरु हुनासाथ अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाउनुभएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश १ का नेकपाको ओली समूह र दाहाल–नेपाल समूहले विभिन्न सांसदलाई कारबाही गरेको घोषणा गरेका थिए । कारबाहीमा परेका सांसदहरूलाई बैठकमा जान दिने/नदिने भन्ने विवाद चर्किएर अवस्था जटिल हुने देखिएपछि कार्यव्यवस्था समितिले बैठक सुरु भएको पत्र मात्र सुनाएर स्थगित गर्ने निर्णय गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया