२५० किलाे गाँजासहित दुई जना यसरी पक्राउ परे

 माघ २१, २०७७ बुधबार २०:३७:२५ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी – सुनसरीको इनरुवा नगरपालिका २ बलाहा नहरबाट दुई सय ५० किलाे गाँजासहित दुई जना पक्राउ परेका छन् । को १ च ९८५२ नम्बरको जीपमा ठूलो परिणाममा गाँजा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडीका चालक भोजपुर हतुवागढी गाउँपालिका ९ का २७ वर्षीय अर्जुन खड्का र गाडीमा सवार धरान नगरपालिका १ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले उनीहरूकाे साथबाट २५० केजी गाँजा, नगद एक लाख ५४ हजार रुपैयाँ र एक थान खुकुरी बरामद भएको जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान भइरहेको  छ ।

यसरी पक्राउ पर्‍याे 

प्रहरीलाई एउटा सुराकी आयो– ठूलो परिमाणको गाँजासहित जीप नहरको बाटो हुँदै आउँदैछ । प्रहरी निरीक्षकसहितको कमाण्डमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली खटियो । इनरुवा बलाहा नजिकैको नहरमा प्रहरी टोलीले ब्यारिकेटसहित चेकिङ राखेर त्यो जीपकाे खोजी थाल्यो । बराह क्षेत्रबाट आएको जीपले प्रहरीले राखेको ब्यारिकेट लडाएर भाग्यो ।

ब्यारिकेटलाई क्षति गरि फरार भएको जीपलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक कमल थापाको कमाण्डमा खटिएको प्रहरी टोली परिचालित भयो । प्रहरी उपरीक्षकको कमाण्डमा रहेको टोलीले ब्यारिकेट लडाएर भागेको जीपलाई नियन्त्रण लिन एक राउण्ड गोली चलाएकाे प्रहरीले जनाएको छ ।

जीप भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएकाे तथा एक जना प्रहरीसमेत घाइते भएका छन् । कोशी पुलबाट भागेको जीपलाई बलाहा नहरबाट राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया