रामेछापमा बन्दकर्ताले सडक बढारे, सडकमै नाचगान गरे

 माघ २२, २०७७ बिहिबार १६:१४:५१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह रामेछापले बिहीवार नेपाल बन्दको अवसर पारेर रामेछापको सदरमुकाम मन्थलीको सडक बढारेका छन् । 

नेपाल बन्दमा यस पटकको नेताहरुले नयाँ शैली अपनाएका हुन् । विगतका बन्दमा नारा जुलुससहित पसल, होटल, यातायात र विद्यालयहरु बन्द गर्दै हिँड्ने, तोडफोडमा उत्रने नेताहरुले यसपटक भने नयाँ शैली अपनाए । 

बजार बन्दमा निस्किएका नेकपा प्रचण्ड–माधव समूहका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठ, जिल्ला इञ्चार्ज देवशङ्कर पौडेल, जिल्ला अध्यक्ष मयनकुमार मोक्तानलगायतको टोलीले मन्थलीको पुरानो कटहरबोटदेखि तामाकोशी सेवा समितिसम्मको सडक र पेटी बढारेर सफा गरेका हुन् । सडक सफा भएपछि उनीहरुले विरोध स्वरुप मन्थलीको देवकोटा चोकमा दिनभर सडक अवरुद्ध गरि नाचगान गरेका छन् ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको असर रामेछापमा पनि परेको छ । नेपाल बन्दको विरोधमा उत्रिएका प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ताहले बिहानैदेखि मन्थली बजारमा झण्डासहित निस्किएर बजार बन्द गराएका छन् । 

बन्दको समयमा जिल्लामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरि प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार रामेछापमा अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया