विराटनगरमा दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले चिया पसलमा पनि ताेडफाेड गरे

 माघ २२, २०७७ बिहिबार २०:०:५४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिहीवार हड्तालकाे समयमा विराटनगर महानगरपालिका अगाडि रहेको एक चिया पसलमा तोडफोड गरेका छन् । दाहाल–नेपाल समूहका नेता तथा पूर्वसांसद शिवकुमार मण्डल नेतृत्व र जिल्ला सचिव गणेश उप्रेतीसमेत रहेको टोलीले चिया पसल तोडफोड गरेको हो । 

विराटनगर महानगरपालिका २ महानगरको कार्यालय अगाडि रहेको प्रमोद चिया पसलमा ताेडफाेड भएकाे हाे । पहिला चिया पसल खोल्न भनिएको तर पछि तिनै व्यक्तिले पसल खोलिएको पसलमा पछि फर्किएर तोडफोड गरिएको पीडितले बताएका छन् । पहिला पसल खोल्न भनेर गए पछि तिनै व्यक्तिले पसलका सिसा फोड्नुका साथै बनेका खाने परिकार सबै पोखिदिएको पीडितको भनाइ छ । झण्डै २५ जनाको समूहले पसलमा एक्कासी तोडफोड गरेको पीडित कविता सहनीले बताउनुभयाे । 

मध्याह्न अघिसम्म नरम देखिएका बन्दकर्ता त्यसयता बन्दलाई कडाइ गर्न सक्रिय भएर लागेका थिए । दाहाल–नेपाल समूहका कार्यकर्ताले विराटनगरमा बा १६ च ४४०४ नम्बरको कारमा समेत तोडफोड गरेका छन् । त्यस्तै शनि मन्दिरमा विराटनगर महानगरपालिकाकाे वडा नम्बर ६ का वडाध्यक्ष विजय कामतले प्रहरीमाथि हातपात गरेका छन् । उच्छृङ्खल गतिविधि गर्ने केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि प्रहरीले जिल्ला सदस्य पारुल क्षेत्री, मीरा दाहाल, महानगर सचिवालय सदस्य शारदा मैलानीसहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताउनुभयाे । त्यस्तै बन्दकर्ताले एक भारतीय गाडीमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया