भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको स्तरोन्नतिमा समस्या

 माघ २४, २०७७ शनिबार १८:३:३५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पा अस्पतालको भवन समयमै निर्माण हुन नसक्दा स्तरोन्नतिका लागि समस्या भएको छ ।

गएको असोजमै निर्माण सम्पन्न हुनुपर्ने अस्पताल भवन अहिलेसम्म पनि निर्माण नहुँदा १५ शैयाको रोल्पा अस्पताललाई ५० शैयामा स्तरवृद्धि गर्न समस्या भएको हो । निर्माण व्यवसायीको लापरबाहीका कारण दुई वर्ष अघिदेखि सुरु भएको भवन सम्झौता अवधि सकिदा पनि निर्माण सम्पन्न हुन नसकेको अस्पतालले जनाएको छ ।

अस्पतालको भवन निर्माण गर्ने जिम्मा २०७५ असोजमा श्री जयन्ती निर्माण कम्पनीले लिएको थियो । तोकिएको अवधि सकिएको चार महिना बितिसक्दासम्म पनि ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ । अस्पताल भवनको लागत २९ करोड ५१ लाख २२ हजार रहेको छ । अस्पताल भवन समयमै बन्न नसक्दा थप सेवा विस्तार हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया