रामेछापमा आगलागीमा परेर एक जनाकाे ज्यान गयाे

 माघ २७, २०७७ मंगलबार १०:५६:३३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको गोकुलगङ्गा गाउँपालिका-२ ठोसेको चौरपातलका किपाले शेर्पाको घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । 

किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ढुङ्गामाटोले बनेको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट भएको छ ।

घरभित्र रहेका सबै सामान जलेका र ४ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया