रामेछाप : आगलागी पीडितलाई राहत

 फागुन १, २०७७ शनिबार १५:२७:३२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिका –२ ठोसेमा आगलागी पीडितलाई राहत प्रदान गरिएको छ । गएको सोमबार राति घरमा भएको आगलागीबाट ज्यान गुमाउनुभएकी ८० वर्षीया पासाङलेकी शेर्पाका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत प्रदान गरेको हो ।

घरको अँगेनाबाट सल्केको आगोले शेर्पाको घर पनि पूर्णरुपमा जलेको थियो । आगलागीमा परेर ज्यान गुमाउनुभएकी शेर्पाको घरमै पुगेर जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले दुई लाख १५ हजार रकम प्रदान गर्नुभएको हो ।

त्यसबाहेक पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीबाट लत्ता कपडा, त्रीपाल, भाँडाकुडा लगाएतका सामाग्रीहरु समेत प्रदान गरिएको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकाकाे तर्फबाट पनि मृतकका परिवारलाई ५० हजार रुपैयाँ नगद र खाद्यान्न लगाएतका सामाग्रीहरु प्रदान गरिएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया