अष्ट्रेलियन ओपनको उपाधि नाओमी ओसाकालाई

 फागुन ८, २०७७ शनिबार १६:१८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छन् ।

मेलबर्नमा आज भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई हराएर ओसाका च्याम्पियन बनेकी हुन् । तेस्रो वरीयताकी ओसाकाले २२ औं वरीयताकी ब्राडीलाई ६–४ र ६–३ को सेटमा हराइन् ।

यससँगै ओसाकाले दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी छन् । यसअघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया