विदेश जाने प्रक्रियामा रहेकालाई अभिमुखीकरण, वैदेशिक रोजगारीमा जाने सही तरिकाबारे जानकारी

 फागुन १९, २०७७ बुधबार १५:४:३२
unn.prixa.net

मकवानपुर – विदेश जान पासपोर्ट बनाएर प्रक्रिया गरिरहेका युवालाई सुरक्षित वैदेशिक रोजगारीको प्रक्रियाबारे जानकारी गराइएको छ । 

सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासी श्रोत केन्द्र मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा विदेश जाने प्रक्रियामा रहेका र विदेशबाट फर्किएका ३० जना युवालाई सुरक्षित रूपमा विदेश जाने प्रक्रियाबारे गहन अभिमुखीकरण कार्यक्रम गरेका हो । 

वैदेशिक रोजगार जाँदा अपनाउनु पर्न प्रक्रियाको बारेमा जानकारी गराउनुको साथै वैदेशिक रोजगारमा जाँदा इजाजातपत्रवाला म्यानवापर कम्पनीबाट जाँदा हुने फाइदाका बारेमा जानकारी गराइएको छ । 

म्यानपावरबाट जाने प्रक्रिया, श्रम स्वीकृति लिनुपर्ने, म्यानपावरलाई तिर्नुपर्ने रकम, विदेशमा पाइने काम र हुने कमाइका बारेमा बुझ्नुपर्ने कुरा लगायतको बारेमा पनि जानकारी गराइएको छ । 

सही तरिकाले इजाजतपत्रवाला म्यानपावरमार्फत विदेश गएमा भोलि कुनै समस्या हुँदा पनि म्यानपावर जिम्मेवार हुनपर्छ । सरकारले पनि उद्धार र राहतमा सहयोग प्रदान गर्छ । वैदेशिक रोजगारीमा जाँदा आवश्यक कागज, करार पत्र, भिसाको एकप्रति, मेडिकल लगायत  जति पनि कागजात बनेको हुन्छ सबैको एकप्रति घरमा पनि छाड्नुपर्छ ।

सीपको महत्व र निःशुल्क सिक्न पाइने सीप र सीप सिकेर जाँदा हुने फाइदाका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको छ । 

साथै आजकाल पुनः श्रम स्वीकृति विदेशबाट पनि लिन सकिने व्यवस्था भएको छ । यस्तै विदेश जानुअघि र विदेश पुगेपछि कुनै समस्या भएमा, कानुनी सहयोग, सीप वा अन्य जानकारी चाहिँमा आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया