रोल्पा : सडक सुधारको माग गर्दै स्थानीयद्वारा सहिदमार्ग अवरुद्ध

 फागुन २४, २०७७ सोमबार ११:२९:० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - सिमेन्ट उद्योगको टिप्परले सडक बिग्रिएको भन्दै स्थानीयले सडक सुधारको माग गर्दै सहिदमार्गको घोराही–होलेरी खण्ड अवरुद्ध पारेका छन् ।

सडक सुधारको माग गर्दै सङ्घर्ष समिति नै बनाएर केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयले आज सडक ठप्प पारेका हुन् । रोल्पाको रुन्टीगढी गाउँपालिका–५ नयाँ गाउँबाट दाङमा रहेको सिमेन्ट उद्योगका लागि सहिदमार्ग हुँदै दैनिक सयौँ टिप्परहरूले चुनढुङ्गा ढुवानी गर्ने गर्दछन् ।

टिप्पर गुड्नका लागि वैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने माग यसअघिदेखि नै गर्दै आएको भए पनि सुनुवाइ नहुँदा आन्दोलन गर्नुपरेको सहिदमार्ग सडक सुधार सङ्घर्ष समितिका संयोजक नन्दराम खड्काले बताउनुभयो । अन्य गाडीका लागि एक दिन बन्द गरिएको भए पनि टिप्परको हकमा भने अर्को विकल्प नहुँदासम्म अवरुद्ध गर्ने पनि सङ्घर्ष समितिले जनाएको छ ।

शान्तिपूर्ण ढङ्गले माग राख्दा कुनै पनि सुनुवाइ नहुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सडक बन्द गर्नु परेको सङ्घर्ष समितिका संयोजक खड्काको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया