खोटाङमा स्वरोजगारी सृजना गर्न जुटे विदेशबाट फर्किएका युवा

 फागुन २४, २०७७ सोमबार १३:२:२४
unn.prixa.net

खोटाङ – स्वरोजगारी सृजना गर्न विदेशबाट फर्किएका युवा जुटेका छन् । 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउनुका साथै, परदेशीका समस्या समाधानमा सहजीकरण गर्ने र विदेशबाट फर्किएकालाई देशभित्रै स्वरोजगार बनाउनका लागि विदेशबाट फर्किएका युवाहरू एक भएको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र जिल्ला समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताउनुभयो । 

जसका लागि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सञ्जाल पूर्नगठनसँगै खोटाङमा उनीहरूको अभिवृद्धि कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा खोटाङका विभिन्न पालिकाका ३४ जना सहभागी भएका थिए ।

सहभागीको क्षमता अभिवृद्धि गराउन दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिको नेतृत्वमा बाल सेवा समाजद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले सहजीकरण गरेको थियो । जिल्लाको १० वटै पालिकामा समितिको पालिका स्तरीय र वडा स्तरीय सञ्जाल गठन गर्दै लैजाने अध्यक्ष प्रेम कुमार श्रेष्ठले बताउनुभयो ।

केन्द्रले विदेशबाट आएकालाई  स्वरोजगार बनाउन सम्बन्धित निकायमा आवश्यक माग राख्ने समितिले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया