इटलीमा काेराेनाकाे जाेखिम बढ्याे, फेरि रेष्टुरेन्ट र विद्यालय बन्द गरिँदै

 फागुन २९, २०७७ शनिबार ९:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटलीमा पर्सिदेखि धेरैजसो क्षेत्रका पसल, रेष्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम फेरि बढ्दै गएपछि इटलीमा प्रतिबन्धात्मक नियम लागू गरिने भएको हो । 

प्रधानमन्त्री मारिओ द्राघीले महामारीको चेतावनीपछि पर्सिदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ । त्यहाँको पर्व इस्टरका बेला इटलीमा अप्रिल ३ देखि ५ सम्म पूर्णरुपमा बन्द हुने छ । 

इटालीमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ । अहिलेसम्म इटलीमा एक लाखभन्दा धेरै कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । झण्डै ३२ लाख मानिस सङ्क्रमित छन् । 

कोरोना भाइरसविरुद्धको खोप अभियानसमेत प्रभावित भइरहेको छ । इटलीले अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको खोप अभियानसमेत स्थगित गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया