धारिलो हतियार प्रयोग गरी युवकको हत्या

 चैत ४, २०७७ बुधबार १३:१:० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा गएराति धारिलो हतियारको प्रयोगबाट एक जनाको हत्या भएको छ ।

परिवर्तन गाउँपालिका–६ चावाङ का ३० वर्षका विरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ७ बजेतिर हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या भएको र त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले बताउनुभयो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ, प्रहरी चौकी इरिबाङ र प्रहरी चौकी पाछाबाङबाट टोली खटाइ अनुसन्धान भइरहेको पनि डीएसपी सुवेदीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया