रामेछापमा आगो निभाउन गएका वृद्धको भिरबाट लडेर ज्यान गयो

 चैत १४, २०७७ शनिबार ११:०:२७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको दोरम्बा गाउँपालिका-७ दोब्लामा रहेकाे खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराति भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

भिरबाट लडेर ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराति खरबारीमा आगलागी भएपछि निभाउन गएका उनी भिरबाट लडेर करिब १ सय मिटर तल पुगेका थिए ।

स्थानीयहरुले उद्धार गरि एम्बुलेन्समार्फत काठमाण्डौ लैजाने क्रममा उनकाे बाटाेमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे।

​मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली ल्याइँदै गरेको पनि प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया