विराट गोल्डकपको उपाधि एपीएफलाई

 बैशाख ५, २०७८ आइतबार ७:२५:३३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराट गोल्डकपको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीकाे एपीएफ क्लबले जितेको छ । 

विराटनगरमा रहेकाे सहिद मैदानमा शनिवार राति भएकाे फाइनल खेलमा भारतीय टिम पञ्जाब पुलिसलाई १-० गाेलले हराउँदै एपीएफले उपाधि हात पारेको हो ।  जितसँगै एपीएफले  १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ ।

एपीएफका प्रदीप लामाले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोलले नै टिमलाई उपाधि दिलाएकाे हाे । प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए ।

दोस्रो हाफदेखि आक्रामक भएर मैदान प्रवेश गरे पनि पञ्जाबले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सीमित भयो । उपविजेता बनेको पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि चौथो गोलबजार गोल्डकपको उपाधि जितेको थियो ।  

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदीप लामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए ।

हाइस्कोर गर्ने विराटनगरका-११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरिमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच एवार्ड जितेका छन् । बेस्ट स्टाइगरमा सङ्कटाका क्लब काठमाण्डौका फोडे फोफना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिपा अनुशासित टिममा विराटनगर महानगरपालिका -११ घोषित भयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया