लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष र वडा नम्बर ७ का अध्यक्षलाई जेल सजाय

 बैशाख १०, २०७८ शुक्रबार १७:३३:२२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का अध्यक्ष सुवास बोहोरालाई जेल सजाय तोकिएको छ ।

लिखु तामाकोशी गाउँपालिकाकै अध्यक्ष गोविन्दबहादुर खड्कासँग दुई करोड चन्दा मागेर नदिएमा ज्यान मार्ने धम्की दिएका आरोपमा उनीहरुलाई दोषी ठहर गर्दै जिल्ला अदालत काठमाण्डौले जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई समान जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

केही वर्ष पहिले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कासँग स्थानीय लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग्दै माग गरेअनुसारको चन्दा नदिए ज्यान मार्ने धम्की दिएका थिए । अदालतले धम्की दिन लगाउने मुख्य योजनाकार उपाध्यक्ष दाहाल रहेको र वडाध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको ठहर गरेको छ ।

अदालतले यस अघि नै घटनामा संलग्न भएका लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ । फरार रहेका उपाध्यक्ष र वडाध्यक्षको खोजी भैरहेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया