सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानसहित तीन जनाकाे ज्यान गयाे

 बैशाख १०, २०७८ शुक्रबार २०:१६:४० | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

सिन्धुलीकाे भिमानबाट दूधौलीतर्फ जाँदै गरेको प्रदेश २-००१ प २१६३ नम्बरको मोटरसाइकल चन्दनपुरमा अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा रहेका तीन जनाको ज्यान गएको हो । 

दुर्घटनामा परि चालक दूधौली नगरपालिका-४ डकाहाका २६ वर्षीय यम कुमर (दनुवार) र उनका भतिज १३ वर्षीय आशिष कुमरको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ९ वर्षीय अतिद कुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया