सुर्खेतमा भोलि मध्यरातिदेखि निषेधाज्ञा

 बैशाख १३, २०७८ सोमबार ११:४९:५ | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेतमा भोलि राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । 

आज बसेको  जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । 

सुर्खेतमा अहिलेसम्म चार सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । 

यस्तै बाँके र बर्दियामा पनि आजदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि आज मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको हो । आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया