'फ्लाेर क्रस' गरेर विश्वासकाे मत दिएका कर्णालीका चार सांसद पदमुक्त

 बैशाख १३, २०७८ सोमबार १६:४१:२३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका चार सांसदको पदमुक्त भएको छ । एमालेका चार सांसदले 'फ्लोर क्रस' गरेर सरकारलाई विश्वासकाे मत दिएपछि एमालेले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पदमुक्त गरेको थियो ।

सोमवार बसेको कर्णाली प्रदेश सभा बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरूले दल त्याग गरेको सूचना प्रदेश सभा सचिवालयमा प्राप्त भएको र राजनीतिक दल सम्बन्धी ऐन र प्रदेश नियमावली अनुसार पद रिक्त भएको जानकारी दिनुभयो । 

गएकाे वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दलको ह्विप विपरीत प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापा र नन्दसिंह बुढाले 'फ्लोर क्रस' गरेर विश्वासको मत दिएका थिए । यसअघि माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका र प्रदेश सभा सदस्य धर्मराज रेग्मी पदमुक्त हुनुभएको थियो ।

पाँच जना प्रदेश सभा सदस्य कारबाहीमा परेपछि कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ३५ कायम भएको छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया