कोरोना रोकथाम र उपचारका सामग्रीको भन्सार जाँच पासलाई पहिलो प्राथमिकता दिनू : अर्थ मन्त्री पौडेल

 जेठ ३, २०७८ सोमबार १३:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा अर्थ मन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जा लगायतका सामग्रीको विना झन्झट भन्सार जाँच पास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिनुभएको हो ।

पौडेलले कोरोनाको उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिनुभयो । कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँच पास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिनुभयो ।

यस्तै राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँच पासका लागि छिमेकी देशकाे भन्सार कार्यालयसँग समन्वय गरी चौबीसै घण्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया