‘काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे वास्तविक तथ्याङ्क दुई या तीन गुणा धेरै’

 जेठ ७, २०७८ शुक्रबार १८:५१:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेकाे वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएकाे छ त्याेभन्दा दुई या तीन गुणा बढी रहेकाे बताएकाे छ । 

सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म काेराेना भाइरसकाे सङ्क्रमणका कारण ३४ लाख जनाकाे ज्यान गइसकेकाे छ । 

विश्व स्वास्थ्य सङ्गठनकाे तथ्याङ्कअनुसार आफ्नाे वार्षिक प्रतिवेदनमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएकाे छ ।  

प्रतिवेदनकाअनुसार सन् २०२० मा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या कम्तीमा ३० लाख या बताइएकाे भन्दा १२ लाख धेरैकाे ज्यान गएकाे छ । 

‘प्रत्यक्ष रूपमा हाेस् या फेरि अप्रत्यक्ष रूपमा काेभिड–१९ बाट ज्यान गुमाउनेकाे तथ्याङ्क वास्तविक मृत्युकाे तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएकाे छ । 

विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले भन्नुभयाे, ‘वास्तवमा ज्यान गुमाउनेकाे तथ्याङ्क दुई या तीन गुणा धेरै हुन सक्छ । याे तथ्याङ्क ६० देखि ८० लाख छ ।’

तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएकाे छ । सङ्गठनकाअनुसार महामारी सुरु हुने बेलामा कैयाैँ व्यक्तिकाे मृत्यु उनीहरूमा काेभिड–१९ पुष्टि हुनुभन्दा पहिले नै भएकाे थियाे । 

साथै केही देशसँग त्यस समयमा काेभिड–१९ का कारण हुने मृत्युसँग जाेडिएकाे डाटा राख्नका लागि उचित प्रक्रियासमेत नभएकाे सङ्गठनले बताएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया