पोखरामा मृत भेटिएकी १३ वर्षीय किशोरीको टाउको, फोक्सो र छातीमा चोट

 भदौ ९, २०७५ शनिबार २०:५:१८ | हिमनिधि लौडारी
unn.prixa.net

कास्की –पोखरा–१९, लामाचौरकी १३ वर्षीय किशोरीको शव शुक्रबार साँझ भेटिएको छ ।

बिहीबारदेखि बेपत्ता पुष्पा केसीको शव नांगो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा स्कर्ट खोलिएको अवस्थामा केसीको शव भेटिएको स्थानीयवासीले बताएका छन् ।

शव शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  पोष्टमार्ट भएको छ । अस्पतालले पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाती, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाचिएको जनाएको छ । पोष्टमार्टको पूर्ण विवरण भने आइतबार मात्रै आउने अस्पतालले जनाएको छ ।


कास्कीका प्रहरी प्रमुख ओम रानाले हत्या वा लडेर कसरी मृत्यु भयो भन्ने बारे नखुलेको बताउनुभयो । स्थानीयले बलत्कारपछि हत्या भएको बताए पनि पोष्टमार्टमामा बलत्कार भएको नदेखिएको अस्पताले जनाएको छ ।

विन्ध्यवासीनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा बिहीबार साढे ५ बजे विद्यालयको बसबाट घरभन्दा झण्डै २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन् ।

साझँसम्म घरमा नआएपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको झोला भने केही पर चौतारोमा भेटिएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनिधि लौडारी

पोखराका उज्यालो सहकर्मी हिमनिधि लौडारी रेडियो तरंगमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया