राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेकाे मिनी अक्सिजन प्लान्ट भीरकाेट अस्पतालमा जडान

 जेठ २४, २०७८ सोमबार २०:२१:२३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट मिनी अक्सिजन प्लान्ट निर्माण गरी सोमवार स्याङ्जाको भीरकाेट नगर अस्पताललाई हस्तान्तरण गरेको छ ।

महावीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलो पटक मिनी अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्ने प्रविधिको परीक्षण सफल भएपछि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरेको हो । नगरपालिका र आविष्कार केन्द्रको संयुक्त लागतमा याे प्लान्ट निर्माण गरिएको भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले जानकारी दिनुभयो ।

कोभिड १९ को दोस्रो भेरियन्टको सङ्क्रमण फैलिएको र अक्सिजन सिलिन्डरकाे अभाव भइरहेको बेला आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट मिनी अक्सिजन प्लान्ट जडान गरेकोमा मेयर खनालले आविष्कार केन्द्र र महावीर पुनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

झन्डै २० लाख रुपैयाँमा याे प्लान निर्माण गरिएको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिनुभयो । मिनी अक्सिजन प्लान्टमा सात वटा अक्सिजन कन्सन्ट्रेटरलाई एसेम्बल गरी ६५ लिटर प्रति मिनेट अक्सिजन उत्पादान हुन्छ । जडान गरिएको अक्सिजन आवश्यकताअनुसार प्रेसर थप घट गर्न सकिन्छ । 

आविष्कार केन्द्रका अर्का बायोमेडिकल इन्जिनियर उमेश किराँतले यो प्रविधि अब देशका विभिन्न ठाँउमा जडान गरिने जानकारी दिनुभयाे ।   

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया