मध्य पश्चिम विश्वविद्यालयले १० वटा क्याम्पसलाई आंगिक क्याम्पस बनायो

 भदौ १०, २०७५ आइतबार १९:५४:४९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको छ । 

विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठाैं साधारण सभा (सिनेट बैठक) ले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो । 

विश्वविद्यालयले सुर्खेतको गुर्भाकाटको बहुमुखी क्याम्पस सुर्खेत, चामुण्डा क्याम्पस र कोटदेवल जनआदर्श क्याम्पस दैलेख, सिंजा बहुमुखी क्याम्पस जुम्ला, रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, पाँडुली बहुमुखी क्याम्पस अर्घाखाँची, सिद्धार्थ क्याम्पस कपिलवस्तु, शहीद नारायणप्रसाद रामापुर क्याम्पस रुपन्देही, शितल बहुमुखी क्याम्पस चौरजहारी,रुकुम तथा चतुर्वेद हिरापूर्ण क्याम्पस मुगुलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो । 

विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले आजको बैठकले नीति तथा कार्यक्रम पनि पारित गरेको जानकारी दिनुभयो । 

नीति तथा कार्यक्रममा विशेष गरी संंकायको विस्तार गर्ने र यो वर्षदेखि कानुन र कृषि विषयमा संकाय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड बराबरको बजेट ल्याएको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया