गण्डकी प्रदेशसभा बैठक एक साताका लागि स्थगित

 भदौ ११, २०७५ सोमबार १५:५६:३८ | हिमनिधि लौडारी
unn.prixa.net

कास्की – गण्डकी प्रदेशसभा बैठक एक साताका लागि स्थगित भएको छ ।

सोमबार १ बजेका लागि डाकिएको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि नै स्थगित भएको हो । विधायन समितिबाट आउनुपर्ने विधेयक नआएका कारण सदन स्थगित भएको प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिनुभयो । संसदमा जाने विधेयकको छलफल गरेर टुंगो लगाउने जिम्मा संसदीय समितिमध्येको विधायन समितिलाई दिइएको छ ।

सोमबार समितिको छलफल गरेर २ विधेयक संसदमा पठाउने योजना थियो । तर, विधायन समितिका सदस्य नै अनुपस्थित भएको तथा अर्थसँग सम्बन्धित विषयमा छलफल हुन नपाउँदा संसद नै स्थगित हुन पुगेको हो ।

प्रदेशसभा सचिवालय व्यवस्थापन कार्यविधि र प्रदेश कानुनको संशोधन विधेयक विधायन समितिमा छ । समितिको बैठक बस्न नसकेका कारण छलफल नै नभएको समितिका सभापति मोहन रेग्मीले बताउनुभयो । आउँदो बैठकमा विधेयक पेश गर्ने उहाँको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनिधि लौडारी

पोखराका उज्यालो सहकर्मी हिमनिधि लौडारी रेडियो तरंगमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया