पाल्पा : पहिरोले पाँच घर पुरियो, एक जनाको ज्यान गयो, एक जना बेपत्ता

 असार २४, २०७८ बिहिबार ९:५:४८ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाको तिनाउँ गाउँपालिका-५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । 

कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको हो । 

पहिरोले ८ वर्षीय बालक आरब परियार बेपत्ता भएका छन् । बिहान साढे ३ बजे आएको पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर  राना, वीरबहादुर गुरुङ  र बलबहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 

पहिरोले घाइते भएकाहरुलाई कल्याणी आधारभूत विद्यालयमा राखेर उपचार भइरहेको र विस्थापितलाई पनि त्यहीँ विद्यालयमा राखिएको प्रहरीले जनाएको छ । हिजोदेखि वर्षाका कारण पहिरो जाँदा पाल्पा-बुटवल सडक खण्डको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया