वर्षाले तीन घर भत्किए

 असार २७, २०७८ आइतबार २०:३५:२७ | विमल बिष्ट
unn.prixa.net

डाेटी – लगातारको वर्षाका कारण डाेटीमा तीन घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दका अनुसार आज वर्षाले सायल गाउँपालिका १ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन् ।

यसैगरी बडीकेदार गाउँपालिका १ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घर भत्किँदा घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका ५ बागठाँटा बस्ने जोगी भुलको ढुङ्गा माटाले बनेको स्लेटले छाएको दुई तले घर भत्किइ घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा क्षति भएको छ । 

दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाका विषयमा तथा क्षतिका बारेमा थप बुझ्नका लागि अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया