हलो क्रान्तिका नायक पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास

 साउन ११, २०७८ सोमबार २०:२१:४० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हलो क्रान्तिका नायक स्वर्गीय पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास गरिएको छ । ७२ औँ हलो क्रान्ति दिवसको अवसरमा सोमवार लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडा अर्चल्यानीमा रहेको ऐतिहासिक हलो क्रान्ति स्थल बाटेगरामा हलो क्रान्तिका नायक अधिकारीको शालिक शिलान्यास गरिएको हो ।

हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको पहलमा बाटेगरामा हलो क्रान्तिका नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीले हलो जोत्दै गरेको शालिकको शिलान्यास गरिएको प्रतिष्ठानका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका नेता डा. टकराज गुरुङले शालिककको शिलान्यास गर्नुभएको हो ।

हलो क्रान्तिका अभियन्ताको योगदानको सम्मान, इतिहास संरक्षणका साथै ऐतिहासिक स्थल बाटेगरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि शालिक निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । ‘गुरुयोजना बनाइ जानकारहरूसँग छलफल गरी सबैको सहयोगमा शालिक निर्माण गरिने छ’, उहाँले भन्नुभयो । 

‘ब्राम्हणले हलो जोत्नु हुँदैन’ भन्ने मानसिकता रहेको राणाकालीन समयमा  २००६ साउन ११ गते नेपालकै इतिहासमा पण्डित तोयानाथ अधिकारीले आफू नेतृत्वमा बाटेगरामा एक हल गोरु नारी हलो जोती हलो क्रान्तिको सुरुवात गर्नुभएको थियो ।

हरिभक्त पौडेल मुखिया, शेषकान्त अधिकारी लेफ्टिनेन्ट र वसन्त अधिकारी तोयानाथको यो क्रान्तिमा सँगै होमिनुभएको थियो । हलो जोत्ने २७ जना ब्राह्मणको नेतृत्व भने पण्डित तोयानाथ अधिकारीले नै गर्नुभएको थियो ।   

ब्राम्हणले हलो जोतेको भनी त्यो समयमा बिहेवारीमा रोक लगाइएको, भात पानी नचलाइको र घर गएकी चेली माइती फिर्ता पठाइएको वृद्धहरू बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया