कर्णाली नदीमा बेपत्ता जीप फेला, हराइरहेका दम्पती अझै सम्पर्कविहीन

 साउन १६, २०७८ शनिबार ९:५:३३ | विमल बिष्ट
unn.prixa.net

डाेटी - कर्णाली नदीमा बेपत्ता भएको जीप फेला परेको छ । तर जीपमा रहेका प्रकाश जोशी र रुवी जोशीको अवस्था भने अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

हिजो कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा बा ११ च ९३८ नम्बरको जीप खसेको थियो ।

जीप टुक्राटुक्रा भएको अवस्थामा फेला परेकाले निकाल्ने क्रम चलिरहेको छ । आज पनि बिहानैदेखि नेपाली सेना र नेपाल प्रहरीको टोलीले फेरि जोशी दम्पतीको खोजीको काम गरिरहेको छ ।

दुर्घटनामा परेर घाइते भएका जोशी दम्पतीका तीन छोराछोरी १३ वर्षकी लक्ष्मी, ४ वर्षकी सावित्री र ३ वर्षका भुुवनको नेपालगञ्जमा उपचार भइरहेको छ । भुुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया