५ दिन पछि पुष्पा केसीको शव परिवारले बुझे

 भदौ १४, २०७५ बिहिबार १४:२९:६ | हिमनिधि लौडारी

कास्की – पोखरा लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव ५ दिनपछि परिवारले बुझेका छन् । 

प्रहरीलाई अनुसन्धानमा सघाउने गरी आफन्तले बिहीबार शव बुझेका हुन् । 

आफ्नो संस्कार अनुसार काजक्रिया गर्दै जाने र अनुसन्धानमा सत्य तथ्य खोजी गर्न आफुहरुले संघर्ष जारी राख्ने गरी शव बुझेको केसीका आफन्त बुद्धी खत्रीले जानकारी दिनुभयो । 

‘हत्या, आत्महत्या के हो भन्ने निक्र्योल नभएसम्म संघर्ष गरिरहन्छौं,’ खत्रीले भने, ‘हामीले प्रहरीको अनुसन्धानलाई सहयोग पु¥याउनको लागि शव बुझेको हो’ ।  
शवमा गन्ध आउन थालिसकेको र घटनालाई अन्य समूहले अतिरञ्जित बनाउन खोजेको बताउँदै घटनालाई अतिरञ्जित हुनबाट जोगाउन र प्रहरीलाई पनि अनुसन्धानमा सहयोग होस् भनेर शव बुझेको स्थानीय बमबहादुर गुरुङ्गको भनाई छ । 

बाटुलेचौरको बिन्ध्यवासिनी माविमा ६ कक्षामा अध्ययनरत उनी शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर मृत भेटिएकी थिइन् । 

घटनाको बारेमा छानबिन गरी दोषीमाथि कारबाही गर्न कुनै कसुर बाँकी नराखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रविन्द्रमान गुरुङ्गले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनिधि लौडारी

पोखराका उज्यालो सहकर्मी हिमनिधि लौडारी रेडियो तरंगमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया