सर्पकाे टाेकाइबाट डाेटीमा बालकको ज्यान गयो

 साउन ३२, २०७८ सोमबार ९:८:२५ | विमल बिष्ट
unn.prixa.net

डाेटी - विषालु सर्पकाे टाेकाइबाट डाेटी पूर्वीचौँकी गाउँपालिका–६ मा एक बालककाे ज्यान गएकाे छ । 

विषालु सर्पको टाेकाइबाट पाँच वर्षीय बालक हेमराज भण्डारीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयाे । 

हिजाे बेलुकी आँगनमा खेलिरहेको समयमा उनलाई विषालु सर्पले टाेकेकाे थियो । बालकलाई जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गएराति नै ज्यान गएको प्रहरीले जनाएको छ।

डाेटीमा गर्मीबढैसँगै सर्पदंशका बिरामीहरु बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया