डोटीमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण

 भदौ ९, २०७८ बुधबार ११:३०:५९ | विमल बिष्ट
unn.prixa.net

डोटी – किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ ।

किसानकाे मकै बाली बाँदरले नोक्सान गर्न थालेपछि किसानहरूको आग्रहमा साइन नेपाल नामक संस्थाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौबाट खरिद गरेर गाउँपालिकाको सातवटा वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।

यस यन्त्रलाई बोलीचालीको भाषामा बाँदर धपाउने बन्दुक पनि भन्ने गरिएको छ । पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने सम्भावना रहेकोले वडाको जिम्मामा आवश्यकता अनुसार मात्र पड्काउने सर्तमा वितरण गरेको बताइएकोे छ । बाँदरको आतङ्कबाट छुट्कारा पाउन पूर्वीचौकी गाउँपालिकाका सातवटै वडाका अध्यक्षहरुलाई २५ थान यन्त्र (बन्दुक) हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । 

बाँदर धपाउने यन्त्र पाएपछि किसानहरुमा खुसी छाएको छ । पूर्वीचौकी गाउँपालिका–२ का किसान करनसिंह साउदले भन्नुभयो, ‘बाँदर धपाउने बन्दुक पाएपछि किसानहरुलाई निकै राहत मिलेको छ ।’
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया