पूर्वीचौकी गाउँपालिकाका चार सय ७२ परिवारलाई धुवाँरहित चुलो वितरण

 भदौ ११, २०७८ शुक्रबार १६:९:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका२ बगलेकका नागरिकले खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् ।

मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले त्यस वडामा हरेका चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि यहाँका नागरिकले धुवाँबाट मुक्ति पाएका हुन् । यस संस्थाको ८५ लाख रुपैयाँको सहयोगमा वडाका सबै नागरिकका घरमा धुवाँरहित चुलो वितरण गरिएको हो । 

धुवाँरहित चुलाेले मानव शरीरमा लाग्ने फोक्सोको रोग, बाल–बच्चालाई लाग्ने निमोनिया, आखाँमा हुने विभिन्न किसिमका रोगबाट जाेगिन मद्दत गर्छ । समयकाे बचत, दाउरा पनि कम खपत हुने हुँदा कामको बोझमा कमी ल्याउने उद्देश्यले चुलाे वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो। धुवाँरहित चुलो पाएपछि वडाका नागरिक खुसी भएका छन् । 

पालिकाका सबै वडामा धुवाँरहित चुलो वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया