पाल्पामा घरको गारो भत्किँदा च्यापिएर एक बालिकाकाे ज्यान गयाे

 भदौ १३, २०७८ आइतबार ८:४६:३१ | देव पचभैया
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाल्पा - पाल्पामा घरको गारो भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको ज्यान गएको छ ।

तानसेन-५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको पछाडिको गारो भत्किँदा च्यापिएर उहाँकी १० वर्षीया छोरी नैना दर्जीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहान ४ बजेतिर एक्कासी घर भत्किँदा गम्भीर घाइते भएकी नैनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया