पहिरो हटाउन पाल्पा-बुटवल सडक खण्ड रातिमा बन्द

 भदौ १८, २०७८ शुक्रबार ७:५०:५१ | देव पचभैया
unn.prixa.net

पाल्पा - पहिरो हटाउन पाल्पा-बुटवल सडक खण्ड रातिमा बन्द गरिएको  छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडक खण्डको तल्लो डुम्रेमा गएको पहिरो हटाउन हिजो बेलुका ७ बजेदेखि बन्द गरिएको सडक अघि बिहान ६ बजेदेखि खुलाइएको छ । यस्तै, आज पनि बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द गरिने छ ।

सडक डिभिजन कार्यालयको अनुरोधमा रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरिएको जनाउँदै जिल्ला प्रशासन कार्यालय पाल्पाले एम्बुलेन्सबाहेक अन्य गाडी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

चार घरमा क्षति पुग्ने गरी केही दिन अघि झरेको पहिरोकाे कारण यस सडक खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया