स्याङ्जाका पालिकामा स्थानीय पाठ्यक्रम : केहीमा पढाइ सुरु, केहीले बनाउँदै

 भदौ २१, २०७८ सोमबार १७:२४:३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै पालिकाले स्थानीय शिक्षा ऐन बनाइरहेका छन् । संविधानअनुसार आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धित पालिकालाई दिइएको छ । 

ऐनसँगै स्याङ्जाका केही पालिकाले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएका छन् भने केहीले बनाउन सुरु गरेका छन् । स्याङ्जामा पाँच नगरपालिका र ६ गाँउपालिका गरी ११ पालिका छन् । तर ६ वटा पालिकाले मात्र स्थानीय पाठ्यपुस्तकमा चासाे दिएका छन् । 

वालिङ नगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी गएकाे वर्षादेखि नै लागू गरिसकेको छ । कक्षा एकदेखि पाँचसम्मको पाठ्यक्रम तयार गरी नगरका ८६ विद्यालयमा गएकाे वर्षादेखि नै पढाइ सुरु गरिएको नगरपालिकाका मेयर दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरका संस्थागत र सामुदायिक दुवै विद्यालयमा स्थानीय पाठ्यक्रमअनुसार पढाइ भइरहेको छ । 

नगरपालिकाले यो वर्ष कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक तयार गर्ने याेजना बनाएकाे छ । 

फेदीखोला गाउँपालिकाले पनि पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरिसकेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयाे । गाउँपालिकाको अवस्था, इतिहास, भूगोल, शैक्षिक र स्वास्थ्य अवस्थासँगै यस क्षेत्रको पहिचान झल्कने गरी पाठ्यपुस्तक तयार पारिएको उहाँले जानकारी दिनुभयो । 

यस्तै भीरकोट नगरपालिका, कालीगण्डकी र बिरुवा गाउँपालिका पनि पाठ्यपुस्तक बनाउने क्रममा रहेका छन्  । 

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले भीरकोटको परिचयसँगै धार्मिक, पर्यटकीय, सामाजिक वस्तुस्थिति समेटेर पुस्तक निकाल्ने तयारी भएको जानकारी दिनुभयो । 

यस्तै पुतलीबजार नगरपालिकाले कक्षा १ को पाठ्यक्रम तयार गरी सार्वजनिक गरेको छ । अरू कक्षाको पाठ्यक्रम बनाउने तयारीमा रहेको नगरपालिकाले जनाएको छ । कालीगण्डकी गाउँपालिकाले पनि कक्षा १ देखि ८ सम्मकाे पाठ्यक्रम सार्वजनिक गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया